Logo

बारा–२ को उपनिर्वाचन जिते आँफै सरकारमा जाने उपेन्द्रको दाउ, प्रचण्डको सकारात्मक जवाफ



काठमाडौं, १८ चैत्र । जनता समाजवादी पार्टीपनि सरकारमा सामेल भएको छ। सो दलले संघीय परिषद् अध्यक्ष अशोक राईलाई शिक्षा मन्त्रालयको नेतृत्व सम्हाल्नेगरि सरकारमा पठाएको हो । जसपाले मन्त्रालयको भागबण्डाअनुसार दुई मन्त्रालय पाएको छ । तर, अध्यक्ष उपेन्द्र यादवको व्यक्तिगत स्वार्थका कारण जसपाले दुईमध्ये एक मात्रै मन्त्री सरकारमा पठाएको छ ।

जसपाबाट यसपटक मन्त्री बन्ने आकांक्षीहरुमा राजकिशोर यादव, डा. विरेन्द्र प्रसाद महतो र प्रदीप यादव थिए । उनीहरु तीन जनामध्येबाट एक जनालाई मन्त्री बनाउँदा पार्टीभित्र असन्तुष्टि बढ्ने डरले यादवले अहिलेलाई राईलाई मात्रै सरकारमा पठाएको चर्चा छ । तर, जसपानिकट उच्च स्रोतकाअनुसार यादव आँफैले सरकारमा सहभागिता हुने रणनीति बनाएका छन् । उनी बैशाख १० गते हुने बारा–२ को उपनिर्वाचनमा लड्दैछन् ।

सो क्षेत्रबाट जितेर आएपछि उनी उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने तयारी छ । यादवले यसअघि एमाले–माओवादीसहितको गठबन्धनमा पनि दुई मन्त्रालय पाएका थिए । तर, त्यतिवेला पनि उनले पार्टीलाई सरकारमा सहभागी गराएनन् । प्रधानमन्त्री पुष्पकमल दाहालले भने यादवलाई नै सरकारमा हुन आग्रह गरेको बुझिएको छ ।

यादवले नै अब अर्को मन्त्रालयमा बैशाख १० गतेको उपनिर्वाचनपछि मात्रै नाम पठाउने बताएपछि प्रधानमन्त्री दाहालले यादवको चाहना बुझेर नै उनलाई सरकारमा आउन भनेका हुन् । अहिले प्रधानमन्त्री दाहालसँग परराष्ट्र, कानून तथा न्याय, स्वास्थ्य तथा जनसंख्या, वन, युवा तथा खेलकुद, खानेपानी मन्त्रालय छन् । यादवको चाहना परराष्ट्रमन्त्री रहेको छ । यसअघि पनि उनले परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हालिसकेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्