Logo

नवनियुक्त महिला मन्त्री यादवलाई बाबुराम दम्पत्तिको बधाई, एक आपसमा साटे खुसी



काठमाडौं, १८ चैत्र । नवनियुक्त महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री महिन्द्र राय यादवलाई बाबुराम भट्टराई र हिसिला यमीले बधाई दिएका छन् । नेपाल समाजवादी पार्टीका नेता हुन् । यादवले नेकपा (माओवादी केन्द्र) को चु्नाव चिन्ह लिएर सर्लाही–२ बाट निर्वाचनमा विजयी भएका थिए ।

मन्त्री बनेपछि पहिलो पटक भट्टराई निवासमा पुगेका यादवलाई भट्टराई दम्पत्तिले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । साथै, यादव महिला मामिला सम्बन्धी मन्त्री बनेकामा हिसिला थप खुसी भएको बाबुरामले उल्लेख गरेका छन् ।

यादवलाई मन्त्री बनाउनमा बाबुरामको ठूलो हात रहेको छ । यादवलाई मन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उनले निरन्तर दवाबसमेत दिइरहेका थिए ।



प्रतिक्रिया दिनुहोस्