Logo

नेपाल बनाउन ढिला भैसक्यो : स्वर्णिम वाग्ले



काठमाडौं, १८ चैत्र । नेपाली कांग्रेस परित्याग गरेर शनिबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका अर्थशास्त्री डा स्वर्णिम वाग्लेले नेपाल बनाउन ढिला भैसकेको बताएका छन्।

रास्वपा प्रवेशपछि तनहु १ मा हुन लागेको उपनिर्वाचनको टिकट पाएका वाग्लेले शनिबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाल बनाउन ढिला भैसकेको बताएका हुन्।

उनले नेपाल बनाउन ढिला भैसकेको भन्दै अफगानिस्तानबाहेक एशियाको सबभन्दा गरिब देशबाटमाथि उकास्नु पर्ने आफूहरुको लक्ष्य भएको बताए।

आगामी बैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि पार्टीले उठाएका उम्मेद्‍वारहरुलाई सहभागी गरेर पत्रकार सम्मेलन आयोजना गरेको हो।

पत्रकार सम्मेलनमा पार्टीका सभापति रबि लामिछाने, नवप्रवेश गरेका अर्थशास्त्री वाग्ले, पूर्व डिआइजी रमेश खरेल सहभागी छन्।

लामिछाने चितवन २, वाग्ले तनहुँ १ र खरेल बारा २ बाट उम्मेद्‍वार रहेका छन्।



प्रतिक्रिया दिनुहोस्