Logo

उपनिर्वाचनको तयारीको लागि प्रभु साह बारा–२ मा होमिए, साझा उम्मेदवार चयन गर्ने



काठमाडौं, १८ चैत्र । आम जनता पार्टीका अध्यक्ष प्रभु साह बारा–२ को उपनिर्वाचनको लागि साझा उम्मेदवार चयन गर्नको लागि बारा झरेका छन् । उपनिर्वाचन आगामी बैशाख १० गते हुँदैछ । सो क्षेत्रमा जसपाबाट अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा उत्रिँदैछन् ।

रास्वपाले भने पूर्व डिआईजी रमेश खरेल उठ्दैछन् । जनमत पार्टीले भने शिवचन्द्र कुशवाहा र लोसपाले राजेन्द्र महतोलाई उम्मेदवार बनाएको छ । मधेशमा राम्रो प्रभाव जमाएका प्रभु साहले पनि आफ्नो पार्टीबाट साझा उम्मेदवार तय गर्नको लागि तयारी थालेका छन् । उनी आज बाराको देवताल गाउँपालिका–४, पिप्राढी पोखरी भमेब पुगेका छन् ।

सो क्रममा हजारौंको संख्यामा जनसूदायको उपस्थिति देखिएको छ । प्रभु साहले भने नबोलिकन चुनावको ठूलो तयारी गरिसकेका छन् । उपनिर्वाचनको लागि चैत्र २० गते उम्मेदवारी दर्ता हुँदैछ । त्यसको लागि साह साझा उम्मेदवार तय गर्न बारा झरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्