Logo

मलाई हराउने षड्यन्त्र भइरहेको छ– रवि लामिछाने



काठमाडौं, १८ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी उपनिर्वाचनमा आफूलाई हराउने षड्यन्त्र भइरहेको बताएका छन् । आज (शनिबार) रास्वपा पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आफूलाई हराउने षड्यन्त्र भइरहेको र त्यसलाई परास्त गर्नेमा विश्वस्त रहेको बताएका हुन् ।

साथै आगामी उपनिर्वाचनमा स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने छुट यो देशलाई नभएको पनि उनले बताएका छन् । ‘यस उपनिर्वाचनमा तपाईँहरुलाई यो मुलुकका लागि पनि हार्ने छुट छैन । मलाई लाग्छ स्वर्णिम वाग्लेलाई हराउने परिकल्पना यो देशले गर्न सक्दैन । रमेश खरेललाई हराउने परिकल्पना यो देशले गर्न सक्दैन, गर्न हुँदैन,’– उनले भने ।

स्वर्णिम र रमेश कुनै राजनीतिक स्वार्थले रास्वपामा नआएको उनको दाबी छ । उनीहरुलाई राजनीतिबाट कमाउने रोटी सेक्ने कुनै आशा नरहेको लामिछानेले बताए । स्वर्णिम र रमेशले यो समाजलाई दिएको योगदानका कारण पनि कमाउन पर्ने चिज सबै पाइसकेको लामिछानेले बताए । ‘राजनीतिक स्वार्थ र रोटी सेक्नका लागि उहाँहरु आउनु भएको होइन । केही कमाउनका लागि आउनु भएको होइन । किन की यी दुई व्यक्तित्वले समाजमा दिएको योगदानले उहाँहरुले कमाउन पर्ने चिज सबै कमाइसक्नु भएको छ,’– लामिछानेले भने ।

 



प्रतिक्रिया दिनुहोस्