योगी आदित्यनाथको अभिव्यक्तिप्रति विप्लवको आपत्ति


काठमाडौं, २२ चैत् । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले  गत सोमबार विश्व हिन्दु सम्मेलनको क्रममा   बोल्दै नेपालमा राजतन्त्र फर्कनुपर्छ,नेपाल हिन्दुराज्य कायम हुनुपर्छ भन्दै दिएको अभिव्यक्तिलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले कडा रुपमा आपत्ति जनाएका छन् ।

‘नेपालमा कस्तो व्यवस्था हुने,कस्तो व्यवस्था मान्ने र कुन धर्म लागु गर्ने भन्ने कुरा नितान्त रुपमा नेपाली जनतामा निहित रहेको भन्दै आदित्यनाथले दिएको अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता राजनैतिक स्वतन्त्रता र जनभावना माथीको गम्भिर प्रहार भएको ठहर गर्दै उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दछौ ।’ विप्लवले भनेका छन् ।