काठमाडौं, २२ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सकिएको छ ।
राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा आज (बुधबार) पेशी तोकिएको थियो ।
सर्वोच्च अदालत प्रशासनले सो मुद्दाको सुनुवाई सकिएकाले आजै आदेश आउनसक्ने जनाएको छ । सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले दिएको रिटमाथि आज सुनुवाइ भएको हो ।
लामिछानेविरुद्ध युवराज पौडेल ‘सफल’ले दर्ता गरेको रिटमा अधिबक्ता राधिका खतिवडा, वरिष्ठ अधिबक्ता डा सुरेन्द्र भण्डारी, अधिबक्ता रमण कर्ण
अधिबक्ता त्रिलोक बहादुर चन्द, अधिबक्ता नबराज पाण्डेलगायतले बहस गरेका थिए । उता, रविको तर्फबाट भने वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले बहस गरेका थिए । सुनुवाई चार बजे सकिएको थियो ।




प्रतिक्रिया