Logo

एकल आमाका सन्तानको जन्मदर्तामा मावलीको थर राख्ने निर्णयप्रति बाबुरामको आपत्ति



काठमाडौं, २४ चैत्र । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एकल आमाका सन्तानलाई मावलीको थर राखेर जन्म दर्ता गर्ने सरकारको निर्देशनलाई लिएर आपत्ति जनाएका छन् । सरकारले सबै स्थानीय तहलाई जारी गरेको परिपत्रलाई उनले जज्जास्पद रहेको टिप्पणी गरेका छन् ।

‘एकल आमाका सन्तानलाई मावलीको थर राखेर जन्म दर्ता गर्ने उर्दी राज्यका तर्फबाट कसैले दिएको सत्य हो भने २१औं शताब्दीमा यो भन्दा लज्जास्पद कुरा अरू केही हुनसक्दैन,’– उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

जन्मदिने आमा सबैभन्दा ठूलो पहिचान र प्रमाण भएको उल्लेख गर्दै उनले आमाले राखेको थर नै राख्न दिनु उपयुक्त हुने उल्लेख गरेका छन् ।

‘जन्म दिने आमा भन्दा ठूलो पहिचान र प्रमाण अरू केही हुन्छ र ? अनि आमाको वा आमाले राखेको थर किन नभन्ने ? बरू थर नै किन चाहिन्छ र ?’– उनले प्रश्न गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्