Logo

मिटरब्याज पीडितको दोस्रो टोलीसँग वार्ताको तयारीमा सरकार



काठमाडौं, २५ चैत्र । सरकारले मिटरब्याज पीडितको दोस्रो टोलीलाई वार्तामा बोलाएको छ । केही दिनअघि ११ दिन पैदल हिँडेर आएको मिटरब्याज पीडित टोलीसँग ५ बुँदे सहमति गरेको सरकारले दोस्रो टोलीलाई पनि वार्तामा आउन आह्वान गरेको हो ।

मिटरव्याज पीडितको दोस्रो टोलीले सरकारसँग विविध माग राख्दै निरन्तर आन्दोलन गरिरहेको छ । उनीहरुले केही दिनअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेका थिए भने हिजो सिंहदरबार आसपासको क्षेत्रमा उनीहरुलाई प्रहरीले धरपकड गरेको थियो ।

सरकारले पीडितको पक्षमा तत्काल कानून बनाउनुपर्ने, जाली तमसुकहरु खारेज गरिनुपर्ने, पीडितका नाममा झुटा मुद्दा लगाएर जारी भएका पक्राउपुर्जी खारेज हुनुपर्ने, झुटा मुद्दा लगाएर थुनामा रहेका पीडितहरुलाई तत्काल रिहाइ गर्नुपर्नेलगायतका माग पीडितहरुको रहेको छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot