Logo

डीआईजी बढुवा सिफारिसविरुद्ध द्धिवेदी र सिंहले दिए लोकसेवा आयोगमा उजुरी



काठमाडौं,५ वैशाख । नेपाल प्रहरीका १३ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गर्ने सरकारको निर्णयविरुद्ध लोकसेवा आयोगमा उजुरी परेको छ ।

बढुवाका लागि प्रमुख दावेदारको रुपमा रहेका दुई एसएसपीले आफ्नो नाम नपरेको भन्दै मंगलवार आयोगमा उजुरी दिएका हुन् ।

उजुरी दिनेमा एसएसपीद्वय अनुरागकुमार द्विवेदी र चक्रबहादुर सिंह रहेका छन् ।

आफूभन्दा पछिल्लो ब्याचका एसएसपी विकासराज खनाललाई समेत डीआईजी बढुवा सिफारिस गरिएपछि उनीहरु प्रहरी प्रधान कार्यालयको निर्णयविरुद्ध लोकसेवामा गएका हुन्।

बढुवा समितिको चैत २९ गते बसेको बैठकको सिफारिस अनुसार गृह मन्त्रालयले सूची प्रकाशित गरेको थियो । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४)अनुसार मन्त्रालयले बढुवा सिफारिस सूची प्रकाशित गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot