Logo

चामल आयात घट्यो, धान बढ्यो



काठमाडौं, वैशाख ९ । चालु आर्थिक वर्षको नौ महिनामा चामल आयात घटेको छ भने धानको आयात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा १६ अर्ब २४ करोड १३ लाख १७ हजार रूपैयाँ बराबरको धान आयात भएको छ ।

गत वर्ष सो अवधिमा १५ अर्ब २२ करोड १२ लाख ९९ हजार रूपैयाँको धान आयात भएको थियो । गत वर्षको तुलनामा एक अर्ब रुपियाँभन्दा बढीको धान आयात भएको हो ।

यस्तै चालु आवको नौ महिनामा १२ अर्ब ९५ करोड पाँच लाख ८१ हजार रूपैयाँको एक लाख ९४ हजार ६९५ मेट्रिक टन चामल आयात भएको छ । गत वर्ष सो अवधिमा २४ अर्ब ९० करोड ६९ लाख सात हजार रूपैयाँको नौ लाख ८१ हजार १३८ मेट्रिक टन चामल आयात भएको थियो ।

धान उत्पादनमा भएको वृद्धि र भारत सरकारले गत भदौमा धान, चामल र कनिका निर्यातमा कर लगाएपछि चामल आयातमा कमी आएको आजको गोरखापत्र दैनिक खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot