Logo

रैथाने बाली संरक्षणमा तेमाल गाउँपालिका



धुलिखेल, १२ वैशाख । तेमाल गाउँपालिकाले रैथाने बाली संरक्षणका लागि रैथाने बाली मूल्य शृङ्खला प्रवद्र्धन कार्यक्रम लागू गरेको छ । कार्यक्रम अन्तर्गत किसानलाई ५० प्रतिशत छुटमा कृषि औजारसमेत वितरण गरिएको पालिकाले जनाएको छ ।

कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोक र लप्से भूमिस्थान किसान समूहको साझेदारीमा पालिका अध्यक्ष चन्द्रबहादुर तामाङले किसानलाई कृषि उपकरण साथै बीउविजन वितरण गरे । उनले रैथाने बाली उत्पादन र संरक्षण गरी गाउँपालिकाले मौलिक उत्पादनमा योगदान गरिरहेको बताएका छन् ।

रैथाने बाली जीवन उपयोगी र स्वास्थ्यबद्र्धक रहेको भन्दै उनले यसको संरक्षणका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा निरन्तरता दिएको बताए ।

उनले सरोकारवाला निकायसँगको सहकार्य र समन्वयमा गाउँपालिकाले कृषिमा आधुनिकिकरणसहित रैथाने बाली उत्पादनमा सक्रियता बढाउने पनि बताए । गाउँपालिकालाई रैथाने बाली उत्पादनमा आत्मनिर्भर बनाउँदै निर्यात गर्ने गरी योजना बनाइएको उनको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot