Logo

प्रेम सुवालको रविलक्षित अभिव्यक्तिः ‘सामन्ती विचार भएका नेता जति नयाँ भएपनि पुरानै’



काठमाडौं, १२ वैशाख । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पुँजीवादी र सामन्ती विचार भएका पार्टी र नेता जति नयाँ र युवा भएपनि पुरानै हुने टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले पुँजीवादी र सामन्ति विचार भएका नयाँ र युवा नेता भन्दा सबैको हित चाहने समाजवादी सोच बोकेका सबैको भलो चाहने नेता पुराना र जेष्ठ भएपनि नयाँ हुने उनको भनाई छ ।

‘केही व्यक्तिहरुको हित हेर्ने पुँजीवादी र सामन्तवादी विचारका पार्टी र नेता नयाँ वा कम उमेरका भएपनि पुरानै हुन्छ । सबैको हित हेर्ने समाजवादी विचारका पार्टीका नेता पुराना वा जेष्ठ उमेरका भएपनि नयाँ नै हुन्छ,’– उनले भने । प्रजातन्त्र र गणतन्त्रवादीहरु आफूमात्र सुखी हुने छुट नभएको उनको भनाई छ । नेतृत्वकर्ताले प्रणाली र व्यवहारमार्फत सबैलाई सुखी बनाउन जरुरी रहेको उनको भनाई छ ।

साथै, उनले देशभरीका नीजि प्लटिङ रोक्नसमेत सरकारलाई आग्रह गरेका छन् । सत्ता पक्षले समस्या देखाउन भन्दा पनि समाधान दिनुपर्ने उनको भनाई छ । सत्ता पक्षले समाधान दिन नसकेको खण्डमा सरकार छाड्नुपर्ने उनले बताए । ‘सत्ता पक्षले समस्या राख्ने होइन, समस्याको समाधान दिने हो । नसके सत्ता छाड्ने हो । टाँसिएर बस्न पाईँदैन,’– उनले भने ।

सरकारले चैत्र महिनाको सेवा निवृत्त शिक्षकहरुको पेन्सन र वहालवाला प्रहरीको तलब पनि उपलब्ध नगराएको भन्दै उनले संसद्को ध्यानाकार्षण गराएका छन् ।
साथै, उनले महँगी, कमिसन, भ्रष्टाचार रोक्ने सामाथ्र्य सरकारसँग छ ? भनि प्रश्नसमेत गरेका छन् । सरकारले साशायनीक मल खरिदको लागि कृषिमन्त्रालयलाई रकम नपठाउँदा वर्खे बाली लगाउने बेला किसान मारमा पर्नसक्ने पनि उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot