ब्याजदरको दबाब कम हुन लागेको छ : गभर्नर अधिकारी


काठमाडौं, १४ बैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ब्याजदरको दबाब कम हुन लागेको बताएका छन्।

बिहीबार राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अधिकारीले ब्याजदरको दबाब कम हुन लागेको बताएका हुन्।

अहिले आयात घट्दा सरकारी वित्तमा भने दबाब परेको बताउँदै गभर्नर अधिकारीले भने, ‘ब्याजदरको दबाब कम हुन लागेको छ। बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्। मुद्रास्फीति घट्दो क्रममा छन्।’