Logo

कोशी प्रदेशको नाम परिवर्तन गरेर देखाउन पहिचानवादीलाई ओलीको चुनौती



काठमाडौं,१६ वैशाख । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशको नाम संशोधन हुने संभावना नरहेको बताएका छन् ।

आज (शनिवार) पाँचथरमा भएको कार्यक्रममा बोल्दै ओलीले दुई चारजना सडकमा उत्रिएकै भरमा कोशी नाम फिर्ता नहुने बताएका हुन् ।

उनले पहिचानवादीहरुलाई कोशी प्रदेशको नाम फेरेर देखाउन चुनौतीपनि दिएका छन् ।

उनले भने ‘दुईचार जना केटाहरु सडकमा उत्रदैमा प्रदेशको पुनः नामाकरणको संभावना छैन,म भन्न चाहान्छु जनताबाट दुई तिहाइ मत ल्याइर नाम परिवर्तन गरेर देखाओ’ ।

अध्यक्ष ओलीले प्रदेशसभाबाट विधि र प्रक्रियामा छिरेर गरिएको नाम कुनै हालतमा फिर्ता नहुने दाबी गरे। उनले नाम खारेजीको माग गर्दै आन्दोलनरत पक्षलाई आन्दोलन छोडेर विकास निर्माणमा जुट्न सुझाव दिएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot