Logo

ईपीएसको नतिजा सार्वजनिक, कति भए पास ?



काठमाडौं, वैशाख १७ । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरियाका लागि कृषि तथा पशुपालनतर्फ दोस्रो चरणमा लिइएको भाषा परीक्षामा आठ हजार ३८० जनाको नतिजा सार्वजनिक भएको छ ।

सन् २०२३ मा कृषि तथा पशुुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि २०७९ फागुुन २३ देखि २०८० वैशाख १३ सम्म सञ्चालन भएको भाषा परीक्षाको नतिजा शनिबार सार्वजनिक भएको हो ।

वैदेशिक रोजगार विभागअन्र्तगतको रोजगार अनुुमति प्रणाली (ईपीएस) शाखाका अनुसार दोस्रो चरणमा सात हजार ७५७ जनाका लागि लिइने परीक्षाका लागि २६ हजार ८७६ जनाले आवेदन दिएका थिए ।

त्यसमध्ये २४ हजार ३२६ जना सहभागी थिए । कृषि तथा पशुपालनतर्फको पहिलो चरणका लागि तीन हजार एक जनाका लागि १० हजार ३९८ जनाको आवेदन परेको थियो । सो शाखाले ईपीएस भाषा परीक्षा उत्तीर्ण भएकाहरूको यही वैशाख २५ देखि जेठ ४ सम्म सीप परीक्षा हुने जनाइएको छ ।

ईपीएस कोरिया शाखाका निर्देशक पुुष्पराज कटुवालका अनुसार अघिल्ला वर्षहरूमा भाषा परीक्षा पेपर बेस टेस्ट (पीबीटी)का रूपमा गरिँदै आएकामा एक वर्षयता यूबीटी (युविक्युट्स बेस टेस्ट) ट्याबमार्फत गरिँदै आएको छ । सो शाखाका निर्देशक कटुुवालले यूबीटी परीक्षा प्रणाली लागू भएसँगै परीक्षा शतप्रतिशत नै पारदर्शी भएको दाबी गरे ।

ईपीएस शाखाका अनुसार सन् २०२३ मा ईपीएसमार्फत कृषि तथा पशुुपालनतर्फ १० हजार ७५८ जनाको माग आएकामा ३७ हजार २७४ जनाले आवेदन दिएका थिए । शाखाले कृषि तथा पशुुपालनतर्फको गत पुस ४ देखि ८ सम्म आवेदन दिने समय तोकेको थियो । सन् २०२२ मा ईपीएसमार्फत कृषि तथा पशुुपालन र उत्पादनतर्फ १५ हजारभन्दा बढी नेपाली कोरिया पुुगिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot