Logo

सुनचाँदीको भाउ पुनः उकालोतर्फ



काठमाडौं, वैशाख १७ । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । शुक्रबार तोलाको १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुनको भाउ पनि आज तोलामा १ सय रुपैयाँले बढेर १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउसमेत तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot