काठमाडौं, २९ बैशाख । रास्वपाका सभापति रवि लामिछानेले भ्रष्टाचार देशको साझा दुश्मन भएको भन्दै सबैले मिलेर लड्नुपर्ने बताएका छन् । भ्रष्टाचारविरुद्ध भोलि काठमाडौंको नारायणचौरमा हुने कार्यक्रममा सरिक हुन सबैलाई अपिलसमेत गरेका छन् । आज विहानमात्रै लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए । सो भेटमा पनि उनले भ्रष्टाचारविरुद्ध सरकारको कदममा आफूहरु साथमै रहेको बताएका थिए ।
लामिछानेले फेशबुकमा लेखेका छन्-
भ्रष्टाचार यो देशको साझा दुश्मन हो।त्यसैले म दलको नेता भएर होइन सचेत नागरिक भएर यहि कार्यक्रममा सहभागी हुदैछु।राम्रो काम जसले गरेपनि सघाउनु पर्छ।देश भर यस्ता कार्यक्रम जहाँ जसले गरेपनि पार्टीको झण्डा,नारा नबोकी रास्वपा समर्थकहरु सकेसम्म सहभागी हुनु होला।भ्रष्टाचार विरुद्ध एक हौं। नेपाल प्रहरीलाई धन्यवाद र थप हौसला दिन सहभागी बनौं।




प्रतिक्रिया