Logo

इन्टर मिलानले जित्यो कोपा इटालियनको उपाधि



काठमाडौं, जेठ ११ । कोपा इटालियाको उपाधि इन्टर मिलानले जितेको छ । गएराति भएको फाइनलमा फियोरेन्टिनालाई २–१ गोल अन्तरले पराजित गर्दै इन्टरले उपाधि उचालेको हो ।

इन्टरले लगातार दोस्रोपटक कोपा इटालियाको ट्रफी उचालेको हो । खेलको तेस्रो मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै फियोरेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

२९ औँ मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ३७ औँ मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई २–१ को जित दिलाए ।



प्रतिक्रिया दिनुहोस्