Logo

भारत भ्रमणको मुखमा प्रचण्डलाई एमालेको पाँच सुझाव



काठमाडौं,१४ जेठ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुलुकको प्रधानमन्त्रीमा तेस्रोपटक नियुक्त भएपछि आगामी जेठ १७ गते भारतको ४ दिने औपचारिक भ्रमणमा जाँदै छन् ।

भारत भ्रमणको बारेमा आज प्रचण्डले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका थिए ।
छलफलमा सहभागी हुँदै संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पाँच बुँदामा सुझाव प्रस्तुत गरेको छ ।
बैठकमा एमाले उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रको अहित हुनेगरि कुनैपनि सम्झौता नगर्न आग्रह गर्दै ५ वटा सुझाव दिएको बताएका छन्

भारत भ्रमणको बेलामा प्रधानमन्त्रीलाई एमालेले दिएका पाँच सुझावः

पहिलो-२०१६ मा प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई २१औं शताब्दी सुहाउँदो बनाउन आवश्यक सुझाव दिन बनाइएको प्रवुद्ध समूहले रिपोर्ट तयार भएको ४ वर्ष भइसकेको छ। भारतको कारण यो रिपोर्ट अहिलेसम्म बुझ्ने काम पनि भएको छैन। भारतको कारण इपीजि प्रतिवेदन बुझ्ने काम पनि भएको छैन। प्रधानमनत्रीले त्यसमा विशेष जोड दिनुपर्छ।
दोस्रो- ऐतिहासिक तथ्य, प्रमाण सबै कुराहरुले लिपुलेक, कालापानी, लिम्पियाधुरासहितका भूभाग नेपालका हुन भन्ने प्रष्ट छ। यी भूभागलाई नेपाललेृ प्रयोग गर्न पाउनुपर्ने गरी टुंग्याउनुपर्छ। यसलाई गम्भिरतापूर्वक राख्न भनेका छौं।

तेस्रो- नेपाल भारत व्यापारमा ठूलो घाटा छ। वाणिज्य सन्धीको पुनरावलोकन, नेपालका चिय, अलैची, तरकारी लगायतका वस्तुको निर्वाध प्रवेशका लागि पुनरावलोकन हुनुपर्छ। नेपालको उत्तपादनका लागि भारतको उदार रवैयाका लागि पहल गर्न भनेका छौं।

चौंथो- पञ्चेश्वरको पानीको बाँडफाट अहिलेसम्म नटुंगिएको विषय हो। महाकालीको आधा पानीमा नेपालको हक लाग्ने कुराको सुनिश्चित गरेर मात्र यो विषय टुंग्याउन भनेका छौं।

पाँचौ-भारतले लामो समयदेखि होल्ड गरेर राखेको अपर कर्णाली, पश्चिम सेती र एएसआर पनि भारतलाई दिने भनिएको छ। होल्डमात्र हुने र नेपालले लाभ नहुने स्थिति बन्छ। अपर कर्णालीको टुंगोमा पुगेर मात्र बाँकी सम्झौतामा अघि बढ्ने राम्रो हुन्छ भनेका छौं।



प्रतिक्रिया दिनुहोस्