Logo

राष्ट्रिय सङ्गीतकर्मी सङ्घद्धारा दुई दर्जन कलाकर्मी सम्मानित



काठमाडौं,१५ जेठ । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ काठमाडौँले झण्डै दुई दर्जन कलाकर्मी एकसाथ सम्मान गरेको छ । संघले काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रिय स्रष्टा सम्मान तथा बृहत सांस्कृतिक कार्यक्रम’मा कलाकर्मीलाई एकसाथ सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा सम्मानित हुनेमा वरिष्ठ गायिका ज्ञानु राना, गायक घमेश दुलाल, नवराज घोरासैनी, यसकुमार, रामचन्द्र काफ्ले, ओम सुनार, जुनु रिजाल, पल्मु शेर्पा, गीतकार राजेन्द्र पुरी, मोडेल अमन श्रेष्ठ, आर्यन राउत, गणेश राज भण्डारी, शोभा थापा, रमन रायमाझी, प्रकाश पुरी र छायांकार नरेश ऐर, सङ्गीतकार एरेन्जर दीपकराज विश्वकर्मा, गायक सङ्गीतकार एरेन्जर पुस्कर सुनुवार, एडिटर विष्णु खड्का, सङ्गीतकार कलाकार दिलीप के।सी, गीतकार समाजसेवी प्रतिमा गुरुङ, कलाकार नलिना परियार, गीतकार शंकरदेव कँडेल, गुरु भोटिया, रंग पत्रकार कुबेरराज गिरी, राजेन्द्र विक्रम शाही लगायत रहेका छन।

सम्मानित हुने कलाकर्मीहरुलाई राष्ट्रिय प्रजातन्त्र पाटीृका अध्यक्ष राजेन्द्र लिङदेन तथा संघका अध्यक्ष निरेन श्रेष्ठले सम्मानपत्र प्रदान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्