Logo

समीक्षा अधिकारीको स्वरमा‘म चन्द्रमा हुँ’बोलको गजल सार्वजनिक



काठमाडौं,१५ जेठ । पछिल्लो समयकी निक्कै लोकप्रिय कलाकार हुन समीक्षा अधिकारी । कलाकार पल शाहसँगको विवादका कारण झण्डै एक वर्ष साङ्गीतिक क्षेत्रबाट गुमराहमा परेकी अधिकारी पलशाह कारागारबाट मुक्त भएपछि भने विस्तारै आफ्नो साङ्गीतिक करिअरलाई सहज बनाउने कोशिसमा लागेकी छन् ।

झण्डै एक वर्षसम्म तथानाम आलोचनाको शिकार भएकी अधिकारी यतिबेला भने सबैको सहानुभूती पाइरहेकी छन् । उनले सहानुभूतीसँगै आफ्नो साङ्गीतित जीवनलाई पनि अगाडी बढाउँदै लगेकी छन् ।

गत शुक्रबार लोकप्रिय कलाकार पशुपति शर्माको ‘आफ्नो आफ्नो दुख’बोलको गीतको फिमेल भर्सनमा स्वर दिएकी अधिकारीेको आज फेरी नयाँ गजल सार्वजनिक भएको छ ।

पहिलो भोइस अफ नेपाल सिडी विजय अधिकारीको संगित तथा जीवनदाश सुनारको शब्दमा ‘म चन्द्रमा हुँ’ बोलको गजलमा समीक्षाले स्वर दिएकी छन् ।

गत शुक्रबार सार्वजनिक ‘आफ्नो आफ्नो दुख बोलको फिमेल भर्सन अत्यन्तै सकरात्मक प्रतिक्यिाको साथमा युट्य्बको टप ट्रेन्डिङमा आएको कारण उनको यस गजललाई पनि दर्शक श्रोताले निक्कै मन पराउने अपेक्षा गरिएको छ ।

यस्तो छ आज सार्वजनिक समीक्षाको गजलको शब्दहरु

म चन्द्रमा हुँ अबस्य दाग छ मसँग
खोज्यौ भने ब्रह्माण्डको सिंगो भाग छ मसँग

म बोल्दा धुन निस्कन्छ,रुंदा खुन निस्कन्छ
सँगितको सातै सुर अनि राग छ मसँग

म जलेर पो तिमी बल्यौ म ढलेर पो तिमी ऊठ्यौ
हरेक चोट हरेक पलको हिसाब छ मसँग

आफ्नै इज्जत लिलाम् गरेँ तिम्रो लागि जिउँदै मरे
बुझ्न चाहेनौ यो समाजको कति दबाब छ मसँग

सक्छौ भने उभिन आउ यो दिलको कठघरामा
को सहि को गलत सबको जबाफ छ मसँग

म चन्द्रमा हुँ अबस्य दाग छ मसँग
खोज्यौ भने ब्रह्माण्डको सिंगो भाग छ मसँग



प्रतिक्रिया दिनुहोस्