Logo

प्रेमीको घरमा नर्सको आत्महत्या प्रकरण- यस्तो छ प्रतिवादी ढकालको बयान



काठमाडौं,१६ जेठ । गत वैशाख १६ गते काठमाडौंको बोहाराटारस्थित डा.सुजन ढकालको घरमा मृत फेला परेकी वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठको आत्महत्या प्रकरणमा दुई जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत रहेका तर हाल झापामा काजमा खटिएका डा.सुजन ढकालसहित दुईजनाविरुद्द प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको हो ।
मृतक श्रेष्ठले प्रतिवादी ढकाल आफ्नो प्रेमी भएको र विहे गर्ने आश्वासन दिएर पटक-पटक गर्भपतन गराएको सुसाइड नोटमा उल्लेख गरेको प्रहरीले जनाएको छ ।

अनुमाले आत्महत्या गर्दा लेखेको सुसाइड नोटको आधारमा प्रहरीले गत वैशाख १७ गते डा.ढकाललाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

हाल प्रहरी हिरासतमा रहेका ढकालले बयानको क्रममा मृतक श्रेष्ठ र आफुबीचमा प्रेम सम्वन्ध नरहेको दावीसहितको बयान दिएका छन् ।

बयानका क्रममा प्रतिवादी सुजनले २०७३ सालदेखि अनुमासँग चिनजान रहेको बताएका छन् । त्यतिबेला सरकारी नियुक्ति पाएर सिन्धुली अस्पतालमा काम गर्ने क्रममा त्यही नर्स रहेकी अनुमासँग चिनजान भएको उनको भनाइ छ ।

‘त्यति बेला उक्त अस्पतालमा अनुमा नर्सिङ इन्चार्ज हुनुहुन्थ्यो भने म मेडिकल अधिकृत’, सुजनले भनेका छन् । सुजनले अनुमा आफ्नो साथीमात्र भएको र कहिल्यै पनि विवाह गर्ने वचन नदिएको दाबी गरेका छन् ।

सुजनका अनुसार आफूसँग प्रेम गर्ने गरेको बताउने अनुमाले २०७९ बैशाखमा आत्महत्याको प्रयास पनि गरेकी थिइन् । त्यसको चार महिनापछि अनुमा आफ्नी आमा र साथीलाई लिएर विवाहको प्रस्तावसहित घरमा आएको तर आफूले अस्वीकार गरेको उनको भनाइ छ । घटना हुनु अघिल्लो दिन अनुमा झापामा आएको उनले बताएका छन् ।

यस्तो छ प्रतिवादी ढकालले प्रहरीसामु दिएको बयान



प्रतिक्रिया दिनुहोस्