Logo

‘चल्यो चल्यो बतास चल्यो’ सार्वजनिक



काठमाडौं, १७ जेठ । नेपाल आईडल फेम्ड गायक/गायिकाद्धय किरण भुजेल र अश्मिता अधिकारीको आवाजमा ‘चल्यो चल्यो बतास चल्यो’ बोलको गीत सार्वजनिक भएको छ।

सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा रमेश विश्वकर्मा, आयुष्मा कार्की, दिया जिसी, दिपेन्द्र खत्री (आरुष) तथा टिकटकबाट चर्चित बनेका बालकलाकार आरुषी ढकाल र रोनिश खड्काको अभिनय रहेको छ।

रोनिश एण्ड ड्याड प्रोडक्सनको ब्यानरमा निर्माण भएको गीतमा गोविन्द कुइकेलको शब्द डीबि लामाको संगीत, पुस्कर सुनुवारको एरेन्ज, दिपेश प्रधानको मास्टरिंग/ मिक्सिंग रहेको छ।

चक्र बहादुर रिजालले खिचेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन्।

सियोन श्रेष्ठले निदेशन गरेको भिडियोमा कलाकारहरूको अभिनय देख्न सकिन्छ।



प्रतिक्रिया दिनुहोस्