Logo

सहकारीको रकम हिनामिना गरेको आरोपमा कार्यकारी अध्यक्षसहित ६ जना पक्राउ



काठमाडौं,१८ जेठ । सहकारीमा बचतकर्ताले जम्मा गरेको करोडौं रकम हिनामिना गरेको आरोपमा काठमाडौंमा रहेको एक सहकारीका कार्यकारी अध्यक्षसहित ६ जना पदाधिकारी पक्राउ परेका छन् ।

काठमाडौंको बुढानिलकण्ठमा रहेको श्री एकता वुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यकारी अध्यक्षसहित ६ जना पदाधिकारी ८ करोड १८ लाख भन्दा धेरै रकम हिनामिना गरेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

उक्त संस्थामा बचतकर्ता बाट सङ्कलन गरेको निक्षेपलाई नीजि प्रयोगमा खर्च गरेर करोडौंको हिनामिना गरेको बचतकर्ताको आरोप रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot