राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्वारा राससको तस्बिर प्रदर्शनी अवलोकन


काठमाडौँ, १८ जेठ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालय भद्रकालीमा जारी संस्कृति र सम्पदासम्बन्धी तस्बिर प्रदर्शनीको आज (बिहिबार) अवलोकन गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले उक्त तस्बिर रुचिपूर्वक अवलोकन गर्नुका साथै रासस केन्द्रीय कार्यालयको निरीक्षणसमेत गरेका थिए। अध्यक्ष तिमिल्सना रासस परिसर आउँदा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राईसहित विभागीय प्रमुखले स्वागत गरेका सथिए।

अध्यक्ष तिमिल्सिनाले राससको समाचार सङ्कलन कक्ष, नेपाली, अङ्गे्रजी र अन्तर्राष्ट्रिय समाचार सम्पादन कक्ष, फोटो सम्पादन कक्ष र श्रव्यदृष्य स्टुडियोको निरीक्षण गरे ।

राससका कार्यकारी अध्यक्ष झाले राससले संसदीय मामिलाका समाचार सामग्रीलाई नियमितरुपमा प्राथमिकता दिने गरेको उल्लेख गर्दै सङ्घीय संसद् सचिवालय र राससको सहकार्य अभिवृद्धि गर्न आग्रह गरे । साथै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले सो सम्बन्धमा सचिवालयसँग आवश्यक परामर्श गर्ने विश्वास दिलाए ।

अध्यक्ष तिमिल्सिनालाई राससका प्रधानससम्पादक एकराज पाठक, प्रमुख समाचारदाता उत्तम सिलवालले राससको समाचार उत्पादन, सम्पादन र सम्प्रेषणका प्रक्रियाबारे अवगत गराएका थिए । रासस

Skip This

Omoda E5 Pro