Logo

प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिरमा जुत्ताको माला लगाएको आरोपमा राप्रपाका दुई नेता पक्राउ



काठमाडौं,१८ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिरमा जुत्ताको माला लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरीले आज राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुर जिल्ला कमिटी सदस्य जयकिशान बोहोरा र भिमदत्त नगरपालिकाका नगर सचिव किसन चन्दलाई पक्राउ गरेको हो ।

जेठ १५ गणतन्त्र दिवसको दिन राप्रपाको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमका क्रममा महेन्द्रनगरको भानुचोकमा राप्रपाका केही कार्यकर्ताले राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा जुत्ताको माला लगाएका थिए।



प्रतिक्रिया दिनुहोस्