Logo

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध एमालेनिकट युवा संघको मसाल जुलुस



काठमाडौं, २१ जेठ । नेकपा (एमाले) निकट युवा संगठन सरकार र राष्ट्रपतिविरुद्ध जिल्लाभर मसाल जुलुश निकालेको छ । एमाले पोलिटव्युरो सदस्य महेश बस्नेतको गृहजिल्ला भक्तपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलविरुद्ध युवा संगठनले मसाल जुलुस निकालेको हो ।

रेशम चौधरीको आम माफी, नागरिकता विधेयक र नेपाली भूमि समेटेर भारतले जारी गरेको नक्साविरुद्ध युवा संघले जुलुस निकालेको हो ।  ‘संघका नेता तथा कार्यकर्ताले कठपुतली सरकार मुर्दावाद, कठपुतली राष्ट्रपति मुर्दावाद, जंगली तेरो पाराले, दुःख पाए साराले, सिंहदरवार र शितलनिवासको राष्ट्रघाती कुर्सी सडकमा घिसार्छौ, राष्ट्रघाती नागरिकता विधेयक खारेज गर, प्रचण्ड सरकारको चमत्कार, भारतसँग लम्पसार, राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन जिन्दावाद, राष्ट्रिय युवा संघ जिन्दावाद, नेकपा एमाले जिन्दावाद’ लगायतका नारा लगाएका थिए ।



प्रतिक्रिया दिनुहोस्