Logo

सरकारले गोरखा,नुवाकोट र डडेल्धुरालाई मात्रै नेपाल देख्यो : ठाकुर गैरे



काठमाडौं,२२ जेठ । नेकपा एमालेका सांसद ठाकुर गैरेले अर्थमन्त्री डा.प्रकाशशरण महत र सरकारले देशका तीन जिल्लालाई मात्रै नेपाल देखेको र अन्य क्षेत्रलाई विभेद गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको बजेट माथिको छलफलमा बोल्दै सांसद गैरेले सरकारले देशका गोरखा,नुवाकोट र डडेल्धुरालाई मात्रै बजेट छुट्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

अर्थमन्त्रीले बजेट विनियोजन गर्दा तीन जिल्लालाइ कूल बजेटको ४० प्रतिशत रकम विनियोजन गरेर अन्य क्षेत्रलाई विभेद गरिएको टिप्पणी गरेका छन् ।

“म सुन्दै छु, यो सरकारले एउटा डडेल्धुरा र डडेल्धुराका जनतालाई नेपाली देख्छ, अर्काे नुवाकोट र नुवाकोटको जनतालाई मात्र नेपाली देख्छ, गोरखा र गोरखाको जनतालाई मात्र सम्पूर्ण नेपाली जनता देख्छ । र सोही त्यहीँ आँखाबाट बजेटको विनियोजन भइरहेको छ,” उनले भने ।

सत्तापक्षकै सांसदले बजेट र सरकारको गतिविधिप्रति असन्तुष्टि जनाउँदै आमरण अनसन बसेको स्मरण गराउँदै गैरेले अर्थमन्त्रीको विभेदकारी नीति कायमै रहे सदनबाट शसक्त प्रतिवाद गर्ने चेतावनसिमेत दिए ।



प्रतिक्रिया दिनुहोस्