Logo

फिल्म ‘फनफनी’ घोषणा, आर्यन अधिकारी मुख्य कलाकारमा अनुबन्धित



काठमाडौं । फिल्म ‘बुलाकी’ फेम्ड निर्देशक लक्ष्मण सुनारको निर्देशनमा रहने नयाँ फिल्म ‘फनफनी’ घोषणा भएको छ । फिल्म घोषणा भएसँगै अभिनेता आर्यन अधिकारी मुख्य कलाकारमा अनुबन्धित भएका छन् ।

तिहारपछि फ्लोरमा जाने फिल्ममा केही दिनअघि मात्र आर्यन अनुबन्धित भएका हुन् । कमेडी तथा पारिवारिक कथामा निर्माण हुने फिल्ममा हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरी निर्माता छन् ।

निर्देशक सुनारले बाँकी कलाकार तथा प्राविधिक चाँडै फाइनल गरेर औपचारिक रुपमा फिल्म निर्माणको घोषणा गरिने बताए । फिल्मको छायांकन नेपाल, भारत र अष्ट्रेलियामा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्