Logo

समिक्षा अधिकारीको व्यस्तता बढ्यो, एकैदिन ७ गीत रेकर्ड



काठमाडौं, २३ जेठ । गायिका समिक्षा अधिकारीको दिनाचार्य व्यस्त बनेको छ। पछिल्लो समय एकपछि अर्को गरेर हिट गीत पस्किएकी गायिका अधिकारीले हिजो (सोमबार) एकैदिन सात वटा गीत रेकर्ड गराएकी छिन् ।

आधुनिकदेखि लोक गीतसम्म गाउन भ्याएकी गायिका अधिकारी केही समय पहिले अष्ट्रेलिया गएकी थिईन् । त्यहाँ रहँदा उनले सांगितिक प्रस्तुतिसमेत दिएकी थिईन् । लोक गायक पशुपति शर्माको ‘आफ्नो आफ्नो दुःख’ बोलको गीतलाई समिक्षाले गाएपछि चर्चा चुलिएको हो । त्यसपछि शिशिर भण्डारीको रचना रहेको गौंथली बोलको गीत पनि उनको अत्यधिक रुचाईएको गीत रहेको छ ।

Related Songs:



प्रतिक्रिया दिनुहोस्