Logo

लिम्बू संस्कृतिमा आधारित चलचित्र‘लुङा’को पहिलो पोस्टर सार्वजनिक



काठमाडौं,२३ जेठ । लिम्बु संस्कृतिमा आधारित निर्माण भएको फिल्म ‘लुङा’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । भूमिसा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्म ज्योतिराज राईले निर्माण गरेका हुन्।

पूर्वमा छायांकन गरिएको चलचित्रमा बुद्धि तामाङ, भुवनसिंह राई, सारा लोहोरुङ राई, भीम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्‌मी, सुदीपजंग कार्की, गंगाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङलगायत कलाकारले अभिनय गरेका छन्।

किरण राईको निर्देशन रहेको चलभित्र आगामी साउन ५ गतेबाट हलमा प्रदर्शन हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्