Logo

कोशी प्रदेश नामाकरणप्रति असन्तुष्ट पक्षसँग वार्ता गर्न प्रदेश सरकारद्धारा वार्ता टोली गठन



काठमाडौं,२४ जेठ । गत फागुन १७ गते तत्कालिन प्रदेश नम्बर १ को नाम कोशी प्रदेश नामाकरण गरेपछि असन्तुष्ट बनेका पहिचानवादीहरुसँग वार्ता गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ ।

आज बसेको प्रदेश मन्त्रिपरिषद बैठकले खानेपानी तथा सिञ्चाइमन्त्री तिलकुमार मेनाङवोको संयोजकत्वमा तीन सदस्यी वार्ता टोली गठन गरेको हो ।

समितिको सदस्यहरूमा कृषिमन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धि राजभण्डारी रहेका छन् ।

गत फागुन १७ गते प्रदेशको नाम कोशी राखिएपछि पहिचानवादीहरुले आन्दोलन चर्कारहेका छन् ।



प्रतिक्रिया दिनुहोस्