Logo

विष्णु खत्रीको बहुचर्चित एल्बम ‘लुम्बिनी’ सार्वजनिक, पल शाह र सनिशाको उत्कृष्ट अभियन



काठमाडौं, २४ जेठ । चर्चित गायक तथा संगीतकार विष्णु खत्रीले आफ्नो नयाँ साङ्गितिक प्रस्तुति लिएर पुनः दर्शकमाझ आएका छन । ‘लुम्बिनी’ शीर्षकको एल्बम खत्रीले सोमबार सार्वजनिक गरेका हुन । उक्त एल्बममा शब्द, सङ्गीत र आवाज उनैको रहेको छ भने महिला गायिकामा अन्नु चौधरी रहेकी छन् ।

उक्त एल्बममा नायक पल शाह र सनिशा भट्टराईको जोडीको उत्कृष्ट अभिनय रहेको छ । उक्त जोडीलाई दर्शकले अत्यन्तै रुचाइरहेका छन् । काजिश श्रेष्ठको निर्देशन र कोरियोग्राफीमा उक्त जोडीलाई पुनः दर्शकमाझ ल्याउने काम खत्रीले गरेका छन् ।

Bishnu Khatri नामक युट्यूब च्यानलमा सार्वजनिक गरिएको उक्त गीतले दर्शकको माया पाइरहेको छ । उक्त गीत युट्यूब च्यानलमा सार्वजनिक गरिएको २ दिनमै चार लाखले उक्त गीत हेरिसकेका छन् । उक्त गतिले करोड क्लब नाघ्ने आंकलन गरिएको छ ।

आफ्ना पुराना गीतहरु जस्तै धेरै माया गरिदिन आफ्ना शुभचिन्तक, आफन्तजन सम्पूर्ण दर्शकहरुमा गायक खत्रीले अनुरोध गरेका छन् । खत्रीले आफ्नो नयाँ गीत अत्यन्तै राम्रो बनेको जनाउँदै गीतलाई उत्कृष्ट बनाउन अथाह मेहेनत गरेको बताए । आफ्ना अघिल्ला एल्बमजस्तै युटुबको ट्रेन्डिङ नं १ देखि करोड क्लबमाथिसम्म पुर्याउन दर्शक स्रोताहरुले दिएको अपार मायाप्रति आभार र कृतज्ञता प्रकट गर्दै खत्रीले यो गीतलाई पनि मन पराएर करोड क्लबमा प्रवेश गराउन सबैलाई अनुरोध गरेका छन् ।

विगत २५ वर्षदेखी लोकदोहोरीको क्षेत्रमा कृयाशील खत्रीको प्राय सबै सिर्जनाहरु संदेशमूलक हुने गरेका छन् । उनको सबै एल्बमहरु नेपाली स्रोताहरुले मन पराउने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्