निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक छैन : सांसद सिंह


काठमाडौँ, ८ असार । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले पर्यटन विकासको गुरुयोजना र रणनीतिक योजनाविना कार्यक्रम नल्याउन माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुतिसहित छलफलमा भाग लिँदै सांसद सिंहले हाल निर्मित दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल नै पूर्ण सञ्चालनमा नआएको अवस्थामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने आधार नदेखिएको बताए ।

उनले योजना आयोग कर्मकाण्डी आयोग साबित भएको टिप्पणी गर्दै अल्कालीन, मध्यमकालीन र दीर्घकालीन योजना हुनुपर्नेमा जोड दिँदै योजना बैंक निर्माण गर्न आग्रह गरे ।

सांसद हरिप्रसाद उप्रेतीले नेपाली सेनाजस्तो दुस्त र तन्दुरुस्त सङ्गठनलाई उचित साधन स्रोत साधन उपलब्ध गराएर मात्रै मुलुक समृद्ध हुन सक्ने बताए।

Skip This

Omoda E5 Pro