Logo

प्राकृतिक चिकित्सालाई प्रवद्र्धन गर्न मन्त्रालय प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री बस्नेत



काठमाडौं,२० असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले प्राकृतिक चिकित्सालाई प्रवर्द्धन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा आयोजित राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसका अवसरमा उनले सो कुरा बताएका हुन् ।
“प्राकृतिक चिकित्सालाई प्रवर्द्धन गर्न मन्त्रालय र विभागसँगको समन्वयनबाट यस क्षेत्रका तागतलाई एकीकृत गरी उपलब्धिमूलक बनाउनु आवश्यक छ, जसको पूर्ण समर्थनमा मन्त्रालय रहेको छ”, मन्त्री बस्नेतले भने ।

प्राकृतिक चिकित्सा पद्धतिलाई विकास गर्न सकेमा आर्थिक लाभ, पर्यटन प्रवद्र्धन लगायतका बहुआयामिक फाइदा रहेकाले यस पद्धतिलाई सशक्त बनाउन सम्बद्ध सबै पक्ष एकजुट हुनुपर्ने र यसमा सरकारको पनि सहयोग रहने मन्त्री बस्नेतको भनाइ थियो ।

विभागमा प्राकृतिक चिकित्सकको व्यवस्थाका लागि तत्काल एकजना आठौँ तहको दरबन्दी सिर्जना गर्न विभागका अधिकारीलाई निर्देशन दिँदै उनले यो क्षेत्रमा थप जनशक्तिको व्यवस्था गर्दै जाने बताए ।

आयुर्वेद चिकित्सक डा पुनेश्वर केशरीले प्राकृतिक चिकित्सासम्बन्धी विद्यमान नीति, मापदण्ड, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्दै संवैधानिक व्यवस्थाअनुसार पालिकासम्म पु¥याउनु आजको आवश्यकता रहेको बताए ।

पूर्वसांसद शङ्कर पाण्डेले मुलुकको भौगोलिक विविधताअनुसार प्राकृतिक चिकित्सासँग सम्बन्धित कार्यक्रम फरक ठाउँमा फरकरुपमा सञ्चालन गर्न आवश्यक रहेको बताउँदै प्रकृतिसँग जोडिएको चिकित्सालाई सबैले अनुसरण गर्न आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot