Logo

गृहमन्त्रीलाई एमालेको प्रश्न : आज हामीले हाउस रोकेका छैनौं, कहाँ गयो मिटरब्याज विधेयक ?



काठमाडौं, २९ असार । एमालेका सांसद रघुजी पन्तले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शुक्रबार एमालेले सदन अवरोध नगरेको र मिटर ब्याजसम्बन्धी विधेयक कहाँ गयो भन्दै प्रश्न गरेका हुन्।

शुक्रबार प्रतिनिधिसभामा बोल्दै सांसद पन्तले आज एमालेले सदन अवरोध नगरेको र मिटर ब्याजसम्बन्धी विधेयक किन नल्याएको भन्दै प्रश्न गरेका हुन्।

उनले भने, ‘आज उपप्रधान तथा गृहमन्त्रीजी पनि देखिनुभएन। उहाँले बाहिर धर्ना बसेको ठाउँमा गएर एमालेले रोक्यो, जसले रोकेपनि यो विधेयकलाई म अगाडि बढाउँछु भनेर भनेको विधेयक सत्तापक्षले एमालेले सदन अवरुद्ध गरेर मिटरब्याजी विरोध विधेयक चाहिँ रोक्यो भनेर आरोप लगाएर बाहिर भ्रम छर्ने प्रयास भयो। तर, आज हामीले हाउस रोकेको छैन। कहाँ गयो विधेयक?’



प्रतिक्रिया दिनुहोस्

Screenshot