Logo

एमाले सांसद गैरेको प्रश्नः आत्महत्यालाई प्रोत्साहन गर्नेगरि अभिव्यक्ति दिने मन्त्रीले पदमा बस्न मिल्छ कि मिल्दैन ?



काठमाडौं,२९ असार । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले विवादास्पद अभिव्यक्ति दिने स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नैतिकताको आधारमा राजीनामा दिन माग गरेका छन् ।

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा विशेष समय माग गरेर बोलेका गैरेले स्वास्थ्यमन्त्री बस्नेतले आफ्नो पदीय मर्यादासमेत ख्याल नगरेको र आत्महत्या जस्तो विकराल घटनालाई हलुकारुपमा लिएर गम्भीर भूल गरेको भन्दै नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिए ।

कुनैपनि समस्याको समाधान आत्महत्या नभएको भन्दै गैरेले कोभिड जस्तो महामारीलाइृ पनि भ्याक्सिनले समाधान गरेको र लम्पिस्किन जस्तो धातक रोगको पनि समाधान हुन्छ भन्ने विश्वासमा रहेको भन्दै कुनैपनि समस्याको समधान आत्महत्या नभएको प्रष्ट पारे ।

‘‘देशमा अनेकन समस्या आउँछन् त्यस्को समाधान खोजिनुपर्छ । आज किशोर किशोरीहरु राम्रो रिजल्ट नआएर आत्महत्या गरिरहेका छन् । ऋण तिर्न नसकेर मान्छेहरु आत्महाद गरिरहेका छन् । समस्या समाधान गर्न नसकेर सरकारले ध्यान नदिएर मान्छेहरु आत्महत्या गर्न बिवस छन् । ठिक त्याबेला आत्महत्यालाई दूरुत्साहन गर्नुपर्ने,आत्महत्या गर्ने प्रवृत्ति किन विकसित भयो भनेर खोज्नु पर्नेबेला त्यस्को समाधान निकाल्नुपर्ने बेला सरकार स्वयंले स्वास्थ्यमन्त्री स्वयंले सरुवा हुन नमान्ने कर्मचारीलाई म कहाँ डोरी लिन आउनु, मेरो ढोका अगाडि आएर झुण्डिएर मर्नु भन्ने अभिव्यक्तिबाट के बुझ्ने ? गम्भीर प्रश्न खडा भएको छ । यस्तो अभिव्यक्ति व्यक्त गर्ने छुट मन्त्रीहरुलाई हुन्छ कि हुँदैन ? यस्तो गम्भीर अभिवयक्ति दिने मन्त्रीाई नैतिकताको आधारमा पदमा बस्न मिल्छ कि मिल्दैन’’? उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot