Logo

हामीले भरतपुरमा मात्रै होइन देशभर नै ब्लु बस चलाउँछौ : सभापति लामिछाने



काठमाडौं, २७ श्रावण । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूले भरतपुरमा मात्र नभइ देशभर नै ब्लु बस चलाउने बताएका छन्।

शनिबार पश्चिम नवलपरासीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले उक्त कुरा बताएका हुन्।

उनले भने,‘केही मान्छेहरू हाम्राविरुद्ध यसरी लागेका छन् कि केही काम थाहै नदिई हतारमा गर्नुपर्ने अवस्था छ, त्यसकारण पनि त्रुटि भएको हुनसक्छ, हामीले भरतपुरमा मात्रै होइन देशभर नै ब्लु बस चलाउँछौ ,कसैको विरोधले केही फरक पर्दैन।’

यस्तै, उनले सरकारले सबै काण्डको छानबिन गर्‍यो भने औंलामा गन्नसक्ने नेता बाहेक सबै जेलमा हुने बताए।



प्रतिक्रिया दिनुहोस्

Screenshot