Logo

श्रुति तिवारीले जितिन ग्लोकल टीन हिरो नेपाल २०२३ उपाधि



काठमाडौं, भदौ १६ । ग्लोकल प्रालिद्वारा आयोजित ग्लोकल टीन हिरो २०२३ को उपाधि श्रुति तिवारीले जित्न सफल भएकी छिन्। किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपालको यो नवौं संस्करण हो ।

गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी आर्यन सिग्देल, शिक्षक र अभियन्ता, तनहुँस अतिथ अधिकारी, सामाजिक उद्यमी, बाँके स माधव खनाल, लेखक, लमजुङस निराजन रिमाल, विज्ञान उत्साही, काठमाडौंस प्रीति पन्थ, सामाजिक अभियन्ता, गुल्मी र श्रुति तिवारी, वातावरण अभियन्ता, धनुषा बीच प्रतियोगिताको बिजेता चयन गरिएको थियो ।

श्रुति तिवारी समाजमा सकारात्मक परिवर्तन ल्याउने आफ्नो समर्पणलाई देखाउँदै विभिन्न सामाजिक र वातावरणीय पहलहरूमा सक्रिय रूपमा संलग्न छिन्। बाल अधिकारका लागि उनले बालविवाह र दुर्व्यवहारको बारेमा सचेतना जगाएकी छिन्, र बालबालिकाको भविष्य सुरक्षित गर्न एकिक्रिट चाइल्ड क्लब जस्ता संस्थाहरूसँग साझेदारी गर्दै छिन् ।

उनको बाल अधिकारको लागि संलग्न हुनुले बालबालिकाको सुरक्षा र भविष्यको लागि गरेको प्रयासलाई दर्शाउँछ। विवाह परिप्रेक्ष्यमा बालविवाह र दुर्व्यवहारको खिलाफ सचेतना जगाउँदा उनको योगदान अत्यधिक महत्त्वपूर्ण छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot