सांस्कृतिक जनमत संघको केन्द्रिय संयोजकमा सन्तोष राज सहनी


काठमाडौँ, २७ भदौ । जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रीय संयोजक समिति घोषणा गरिएको छ । सोमबार काठमाडौँको बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजित एक कार्यक्रमबीच जनमत पार्टीले सन्तोष राज सहनीलाई केन्द्रीय संयोजकको जिम्मेवारी दिएको हो ।

त्यसैगरी सह–संयोजकमा सेलिना कुँवर, सचिन पटेल र अरुण कान्त यादव, सचिवमा बन्दे प्रसाद साह, सह–सचिवमा नितु पटेल, विमल साह र राम नरेश सहनी रहेका छन् भने कोषाध्यक्षमा तनुजा चौरसिया रहेकी छिन् ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय सचिव तथा मधेस प्रदेशका सांसद सञ्जय यादव, पार्टीका कोषाध्यक्ष सुरेन्द्र नारायण यादव, राष्ट्रिय प्रवक्ता डा. शरद सिंह यादव, चिकित्सक जनमत संघका केन्द्रीय संयोजक डा. सीके सिंह, नेता आर के राउत र पार्टीकी महिला नेत्री सरिताश्री ज्ञवालीको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सञ्चारकर्मी सोनितराज ढुङ्गेलले सञ्चालन गरेका थिए ।

Skip This

Omoda E5 Pro