Logo

तस्बिरमा हेर्नुहोस् उद्योग व्यवसायी महासंघद्धारा आयोजित ‘निजी क्षेत्रसँग एमाले’ कार्यक्रम



काठमाडौं,९ असोज । नेकपा एमाले निकट उद्योगीहरुको संगठन नेपाल उद्योग तथा व्यवसायी महासँघको आयोजनामा ‘निजी क्षेत्रसँग नेकपा एमाले’ नामक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रम मंगलबार काठमाडौंको लैनचौरस्थित होटल मल्लमा सम्पन्न भएको हो । कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, उपाध्यक्ष तथा पूर्व अर्थमन्त्रीद्धय विष्णु पौडेल र सुरेन्द्र पाण्डे तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा सहभागी भएका थिए ।

तस्बिर:एमाले अध्यक्ष ओलीको सचिवालय



प्रतिक्रिया दिनुहोस्