कांग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथग्रहण आज हुँदै


काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ ।

केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार गर्न लागेको हो ।

सभापति गगन कुमार थापाले भने दशैंको फूलपातीका दिन अर्थात् असोज ३१ गते शपथ ग्रहण र पदबहाली गरेका थिए ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज कात्तिक १२ गते दिउँसो २ बजे कांग्रेसका केन्द्रीय सदस्य र पदाधिकारीहरुको शपथ ग्रहण हुनेछ । शपथ ग्रहण समारोह पार्टी केन्द्री कार्यालय सानेपामा हुनेछ ।