Logo

महेश बस्नेतको टिप्पणीः ‘प्रधानमन्त्री अराजकताको पक्षपोषण गर्ने, राष्ट्रपति अपराधीलाई आममाफी दिने’



काठमाडौं, १० असोज । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अराजकताको पक्षपोषण गरेको र राष्ट्रपति रामचन्द्र पौडेलले अपराधीलाई आममाफी दिएको टिप्पणी गरेका छन् ।

अपराधी र अराजकहरु सक्रिय भएर शृङ्खलावद्ध रुपमा डाक्टर, स्वास्थ्यकर्मी, नेता र आम सर्वसाधरणमाथि आक्रमण गर्दा पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठ कानमा तेल हालेर बसेको उनले आरोप लगाएका छन् ।

उनले अपराधिक क्रियाकलापमा संलग्न अपराधीलाई कानुनी दायरामा ल्याएर आपराध र अराजक गतिविधि अन्त्य गर्न सम्बन्धित सबै एक भएर लाग्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्ः

प्रधानमन्त्री अराजकताको पक्षपोषण गर्ने । राष्ट्रपति अपराधीको सजाय आममाफी दिने । कानुनमन्त्री अयोग्यलाई न्यायाधीश बनाउने । मेयरहरु स्टण्डवाज र अराजक हुने । अपराधीहरु र अराजकहरु सकृय हुने र शृङ्खलाबद्ध रुपमा डाक्टर ,स्वास्थ्यकर्मि, नेता र आम जनता माथी आक्रमण गर्ने । गृह मन्त्री कानमा तेल हालेर बस्ने । अब अति भयो । यस्ता अपराधिक क्रियाकलापमा संलग्न अपराधिहरुलाई कानुनी दायरामा ल्याएर आपराध र अराजक गतिविधि अन्त्य गर्न सम्बन्धित सबै एक भएर लागौं ।



प्रतिक्रिया दिनुहोस्

Screenshot