Logo

रास्वपाका सबै सांसदले सार्वजनिक सुनुवाइ गर्ने



काठमाडौं, ११ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरुले सार्वजनिक सुनुवाइ गर्ने भएका छन् । हिजो (बुधबार) बसेको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
सार्वजनिक सुनुवाइको मिति, समय र स्थान थयाशीघ्र प्रकाशन हुने बताइएको छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरुले सार्वजनिक सुनुवाई गर्ने निर्णय भयो । सबै सांसदको सार्वजनिक सुनुवाईको मिति, समय र स्थान यथाशीघ्र प्रकाशित गरिनेछ,’– निर्णयमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot