Logo

लायन्स क्लब सुनसरीको आयोजना र नोवेल मेडिकल कलेजको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



काठमाडौं, ११ असोज । लायन्स क्लब सुनसरीको आयोजना र नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरको सम्पन्न भएको छ ।

हिजो (बुधबार) बराहक्षेत्र नगरपालिकाको समन्वयमा बराहक्षेत्र–८ स्थित जनक माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको हो ।

निःशुल्क स्वास्थ्य शिविरमा मेडिसिन विभागमा ८५, नाक, कान, छाला रोग विभागमा ३४, प्रसुती तथा स्त्री रोग विभागमा २०, सर्जरी विभागमा १०, बालरोग विभागमा ३५, दन्त रोग विभागमा ४०, घाँटी विभागमा ५२, आँखा विभागमा ११० जना गरी जम्मा ३८६ जना विरामीले स्वास्थ्य परीक्षण र उपचार गराएका थिए । सो क्रममा ४५ जना विरामीको इसिजी र ७५ जनाको प्रयोगशाला परीक्षण गरिएको थियो ।

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले विभिन्न संघसंस्थाहरुको समन्वयमा निःशुल्क स्वास्थ्य शिविरहरुको आयोजना गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot