यस वर्षको मदन पुरस्कार विवेक ओझाको उपन्यास ‘ऐँठन’ लाई


काठमाडौं,१४ असोज । यस वर्षको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठन लाई प्रदान गर्ने घोषणा गरिएको छ । आज बसेको मदन पुरस्कार गुठीको वैठकले सो निर्णय गरेको हो ।

त्यस्तै यस वर्षको जगदम्बा पुरस्कार टेकवीर मुखियालाई प्रदान गरिने भएको छ । दुबै पुरस्कारको राशी समान ४ लाख रहेको छ ।

गत वर्षको मदन पुरस्कार डा.नवराज लम्सालको अग्निलाई प्रदान गरिएको थियो ।   र जगदम्बा श्री पुरस्कार दुर्गाप्रसाद श्रेष्ठले पाएका थिए ।

प्राप्त कुल ३१३ कृतिबाट छनोट भएका पाँच उत्कृष्ट कृतिमध्ये पनि ऐँठनले सर्वश्रेष्ठ कृतिको रूपमा २०७९ सालको मदन पुरस्कार प्राप्त गरेको हो।

उत्कृष्ट पाँचमा छनोट हुने कृतिमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐंठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर थिए। 

साङ्ग्रिला बूक्सद्वारा प्रकाशन गरिएको उपन्यास ऐंठनमा दुई दशकअघि माओवादी विद्रोहको बेला नेपाली समाजले भोगेको घटनाको विषयवस्तुमा आधारित छ। उपन्यासमा द्वन्द्वकालका घटना समेटिएका छन्।

Skip This

Omoda E5 Pro