Logo

कलश स्टक मार्केटको प्रथम वार्षिकोत्षव सम्पन्न



काठमाडौं, १४ असोज । नेपाल धितोपत्र वोर्ड वाट सिमित कार्य गर्न अनुमति प्राप्त स्टक ब्रोकर कलश स्टक मार्केट प्रा.लि. (व्रोकर नम्वर ७४) को कम्पनी स्थापनाको प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ ।

साधरण सभा कम्पनी रजिष्ट्रारको कार्यालयमा हिजो (शनिबार) भएको हो । कम्पनीले हालैमात्र आफ्नो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरी नेतृत्व समेत चयन गरेको छ ।

साधारण सभाले शेयरधनी प्रदीप केसीको अध्यक्षतामा पाँच सदस्यीय सञ्चालक समिति चयन गरेको छ । सञ्चालक समितिका अन्य पदाधिकारीहरुमा उद्धवराज पौड्याल, डिल्लीराम बांस्तोला, छविलाल अधिकारी सञ्चालक सदस्य रहेका छन् ।

साधरण सभाले शालिकराम अधिकारीलाई प्रवन्ध सञ्चालकको जिम्मेवारी तोकिएको छ । कम्पनीका तत्कालीन कार्यकारी अध्यक्ष शालिकराम अधिकारीको अध्यक्षता तथा काठमाडौं महानगरपालिका वडा नं १० का वडा अध्यक्ष रामकुमार केसीको प्रमुख आतित्थ्यतामा साधारण सभा सम्पन्न भएको थियो ।

प्रथम साधारण सभामा कार्यकारी अध्यक्ष अधिकारीले वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, कम्पनीको प्रगति विवरण, भावी कार्यदिशा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक अवस्था समेतका विषयमा प्रस्तुित गरेका थिए ।

प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष केसीले विभिन्न आरोहअवरोह पार गरी कार्य सञ्चालन प्रारम्भ गरेकोमा बधाई दिंदै कम्पनीले ग्राहकमैत्री नीति अवलम्वन गरी नेपाली धितोपत्र वजारमा एक सफल र नमुना ब्रोकर कम्पनीकोरुपमा स्थापित हुन सफलता मिलोस् भनि शुभकामना दिए ।

गत भदौ १० गते काठमाडौं महानगरपालिका वडा नं १० बुद्धनगरस्थित कम्पनीको कार्यालयमार्फत विधिपूर्वक सेवाको शुभारम्भ गरेको कलश स्टक मार्केट प्रालिले कार्य सञ्चालनको पहिलो महिनामा नै उल्लेख्य संख्यामा ब्रोकर खाता, डिम्याट खाता र मेरो शेयर सुविधा द्वारा आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरी रहेको छ ।

यस कम्पनीले प्रचलित कानुनको पूर्ण पालना र धितोपत्र बजारका क्षेत्रका आधारभूत मुल्य मान्यताहरुलाई आत्मसाथ गर्दै ग्राहकको सन्तुष्ठीलाई नै केन्द्रमा राखेर पारिवारिक वातावरणमा शीघ्र, सर्वसुलभ, विश्वसनीय प्रविधिमैत्री धितोपत्र दलाल सेवा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

भविष्यमा आवश्यक प्रकृया पुरा गरी पोखरा, वुटवल, नेपालगंज, विराटनगर लगायत प्रमुख शहरहरुमा शाखा विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको छ । साथै शेयर सम्बन्धमा जनचेतना जागृत गर्न संभाव्य स्थानहरुमा शेयर सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने सोच रहेको पनि कम्पनीले जनाएको छ ।

सवैलाई पायक पर्ने स्थानमा कम्पनी कार्यालय रहेको, धितोपत्र बजार बैंक, वित्तिीय क्षेत्र लगायत विविध क्षेत्रका अनुभवी व्यक्तिहरुको व्यवस्थापनमा संलग्नता, सामुहिक निर्णय प्रकृया, प्रविधिमैत्री सेवा तथा ग्राहक सेवामा प्रतिवद्ध कर्मचारी नै कम्पनीको सफलताको प्रमुख आधार रहेको अध्यक्ष प्रदिप के.सी.ले वताएका छन्



प्रतिक्रिया दिनुहोस्