Logo

रिगल आममाफी प्रकरणबारे गृहमन्त्री श्रेष्ठसँग जवाफ माग्ने तयारीमा संसदीय समिति



काठमाडौं, १५ असोज । आममाफी प्रकरणलाई लिएर गृहमन्त्री नारायणकाजी श्रेष्ठ चेपुवामा परेका छन् । हत्या प्रकरणमा जन्मकैदको सजाय भोगिरहेको रिगल भनिने योगराज ढकालको आममाफी गृहमन्त्री श्रेष्ठको टाउको दुखाइको विषय बनेको छ ।

रिगलको आममाफीको विषयलाई लिएर सरकार र राष्ट्रपतिको सर्वत्र आलोचना भएको थियो । प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले उक्त आममाफी प्रकरणमा गृहमन्त्री श्रेष्ठसँग जवाफ माग्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको समितिको बैठकले गृहमन्त्रीलाई बैठकमा बोलाएर जवाफ माग्ने निर्णय गरेको हो ।

आममाफी पाउने रिगल कांग्रेस निकट युवा संगठन तरुण दलका पूर्व नेता हुन् । बाँकेका चेतन मानन्धरको हत्या प्रकरणमा अदालतले उनलाई दोषी ठहर गरी जन्मकैदको फैसला सुनाएको थियो । उक्त आममाफी प्रकरणमा शीतल निवासले समेत गृहमन्त्रीमाथि प्रश्न उठाएको छ ।



प्रतिक्रिया दिनुहोस्