Logo

अर्थमन्त्रीलाई इकोनोमिक्सको ज्ञान छैन, परिवर्तन गरौंः अमरेश सिंह



काठमाडौं, २१ असोज । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा समस्या छैन भन्ने भाष्य निर्माण गर्न खोजेको आरोप लगाएका छन् ।

आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले अर्थमन्त्री महतले अर्थतन्त्रमा कुनै समस्या नरहेको र विपक्षीहरुले मात्रै विरोध गरिरहेको भन्ने भाष्य निर्माण गर्न खोजेको उनको भनाई छ । उनले अर्थमन्त्रीसँग अर्थतन्त्रको कुनै ज्ञान नरहेको भन्दै अर्थमन्त्री परिवर्तनका लागि सरकारलाई सुझाव दिए ।

नेपालको इतिहासको सबैभन्दा कमजोर बनेको उनको भनाई छ । अर्थतन्त्रको कुनै पनि इन्डिकेटर पोजेटिभ नरहेको उनको भनाई छ । नेपालको कृषि उत्पादन र लगानी घटेको भन्दै उनले विदेशी मुद्राको सञ्चितिलाई मात्रै अर्थतन्त्र सुधारको इन्डिकेटर मान्न नसकिने बताए । File Photo/ RN



प्रतिक्रिया दिनुहोस्

Screenshot